ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गेटा आँखा अस्पतालका बाजुरा शाखा प्रमुखसहित दुई जना पक्राउ, लागुऔषध बरामद

शुक्रबार ०५, बैशाख २०८२ ०५:३३

धनगढी । गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखाका प्रमुखसहित दुई जना कैलालीको धनगढीबाट पक्राउ परेका छन् । नेत्र सहायक अंकितकुमार निगम बानिया लागुऔषधसहित पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहराका अनुसार बानियालाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार दिउँसो धनगढीको राजपुरबाट पक्राउ गरेको हो ।

डीएसपी बोहराले नवलपरासीको पालिनन्दन गाउँपालिका–४ का २८ वर्षीय बानिया र त्रिणेवी नगरपालिका–८ बस्ने २५ वर्षीय मेकेन्द्र गिरीलाई खैरो हेरोइनसहित पक्राउ गरिएको जानकारी दिए ।

धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बानियाले चलाएको लुप्रप्र ०१–००१प९२७८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा पछाडि सवार गिरीले बोकेको झोलाभित्र राखेको अवस्थामा प्लाष्टिकसहित १० ग्राम र प्लाष्टिकबाहेक आठ ग्राम ८० मिलीग्राम खैरो हेरोइन बरामद गरिएको डीएसपी बोहराले बताए ।

प्रतिक्रिया