ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

प्रधान सम्पादक भट्टलाई पितृशोक

बुधबार १०, बैशाख २०८२ ०२:५७

धनगढी । अग्रलेख डटकमका प्रधान सम्पादक तेजराज भट्टलाई पितृशोक परेको छ ।

नेपाल पत्रकार महासंघ कैलालीका सचिवसमेत रहेका भट्टका पिता तिलाराम भट्टको ८६ वर्षको उमेरमा कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा बुधबार बिहान निधन भएको हो । 

स्वर्गीय भट्ट केही समययता बिरामी थिए । उनको भारतमा पनि उपचार भएको थियो । स्वर्गीय भट्टको आजै धनगढीस्थित त्रिवेणी आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

प्रतिक्रिया