ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

प्रतितोला साढे सात हजार रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार १०, बैशाख २०८२ ०३:३९

सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला ७ हजार ५०० रुपैयाँ घटेको हो । 

मंगलबार प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको सुन बुधबार घटेर १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔँस ३ हजार ३४५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया