धनगढी एफसीलाई दशरथ रंगशालामा स्तब्ध पार्दै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ ।
स्टेफन समिर बिनोङको निर्णायक गोलमा १० जनामा समेटिएको पोखरा थन्डर्सले धनगढी एफसीलाई १–० ले हराएको हो । पोखराको यो पहिलो फाइनल यात्रा हो ।
अब उपाधिका लागि पोखराले ललितपुर सिटी एफसीको सामना गर्नेछ । लगातारको दुईपटकको फाइनलिस्ट धनगढी भने योपटक प्ले अफबाट नै बाहिरिन बाध्य भयो ।
फाइनल पुग्ने दुवै टिमको लागि यो अन्तिम मौका थियो । तर यसको उपयोग पोखराले गर्यो । दुवै टिमले पहिलो हाफमा उत्साहजनक प्रदर्शन गर्न सकेनन् । दुवै टिमले गोल गर्ने गतिलो मुभ बनाउन सकेनन् ।
प्रतिक्रिया