ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

माओवादीले काँग्रेससंग नयाँ सरकारका लागि छलफल गर्ने

बिहिबार ११, बैशाख २०८२ ०४:०१

धनगढी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारका लागि कांग्रेससँग छलफल  गर्ने बताएका छन् ।

माओवादी केन्द्रको संसदीय  दलको बैठकमा प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा फर्केपछि छलफल गर्ने बताएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक वैधता गुमाउँदै गएकोले नयाँ सरकार बनाउनुपर्ने परिस्थिति आएको दाहालले दाबी गरेका छन् ।

संसदीय दलको बैठकमा सांसदहरूलाई प्रचण्डले नयाँ सरकारको गृहकार्य भइरहेको संकेत गरेका भएपनि थप विस्तृतमा  भने नबताएको सांसदहरूले जानकारी दिएका छन् । 

प्रतिक्रिया