ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाह्रवन साझेदारी वनको अध्यक्षमा चोखाल विजयी

शुक्रबार १२, बैशाख २०८२ ०९:०५

धनगढी । कैलालीको बाह्रवन साझेदारी वन व्यवस्थापन समूहको अध्यक्षमा विरबहादुर चोखाल विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा ७३ मतका साथ अध्यक्षमा चोखाल विजयी भएका हुन् । उनका प्रतिस्पर्धी डण्डीराज सुवेदीले ४५ र टेकबहादुर बुढाले २२ मत ल्याए । 

यस्तै, उपाध्यक्षमा राजबहादुर ऐर र टेकबहादुर कुँवरको उमेदवारी परेकोमा समान मत पाएका थिए । चिठ्ठामार्फत विजेता घोषणा गरिने जनाइएको छ ।

त्यस्तै जनप्रतिनिधि अन्तरगत विजयराज ओझा १३ मत पाउँदै विजयी भएका छन् । तीन जना महिला सदस्य पदका लागि मतदान भएकोमा ७१ मतसहित सुशिला चौधरी, ६३ मतसहित लक्ष्मीदेवी भण्डारी र ५८ मतसहित गौरीकुमारी लामा विजयी भएका छन् ।

खुला सदस्यमा पाँच पदका लागि मतदान भएकोमा ६९ मतसहित राजेन्द्रप्रसाद जोशी, ६५ मतसहित पदमराज जोशी, ६५ मतसहित विक्रम विश्वकर्मा, ६२ मतसहित प्रकाश आर्चाय र ६१ मतसहित प्रकाश चन्द विजयी भएका छन् ।

दलित सदस्यमा ७६ मतसहित प्रेमसिंह विक, मधेशी सदस्यमा ७३ मतसहित श्याम सुन्दर ठाकुर, जनजाती सदस्यमा ६९ मतसहित सुनिलाल चौधरी र  आदीवासी सदस्यमा जगन्नाथ राना ५९ मतल्याएर विजयी भएका छन् ।

प्रतिक्रिया