ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र उत्तराखण्डका मुख्यमन्त्री धामीबीच भेटवार्ता

शनिबार २०, बैशाख २०८२ ०३:२६

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीबीच आज भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाह नेतृत्वको टोलीले शनिबार देहरादुनमा मुख्यमन्त्री धामीसंग भेटवार्ता गरेको हो ।

भेटमा नेपाल र भारतका नागरिकबीच रहेको सांस्कृतिक, धार्मिक तथा सामाजिक समानताको विषयमा छलफल भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ । भेटमा मुख्यमन्त्री धामीले दुवै देशको परम्परा, रीतिरिवाज, भाषा, खानपान र जीवनशैलीमा धेरै समानता रहेको बताएका थिए ।

यस्तै, मुख्यमन्त्री शाह नेतृत्वको टोलीले उत्तराखण्ड प्रदेशका तीन विभागिय मन्त्रीहरुसँग पनि भेछवार्ता गरेको छ । वनमन्त्री सुवोद उनियाल, पर्यटनमन्त्री सतपाल महाराज र कृषिमन्त्री गणेश जोशीसँग छुट्टाछुट्टै भेटवार्ता भएको हो ।

भेटमा नेपालमा भौगोलिक अवस्था र मौसम अनुसारको कृषि खेती गर्ने र आधुनिक तरिकाले उत्पादन गरिएको बस्तुलाई बजारिकरणमा जोड दिनुपर्नेमा कृषिमन्त्री जोशी र मुख्यमन्त्रीबीच कुराकानी भएको थियो ।

पर्यटनमन्त्री सतपाल र मुख्यमन्त्री शाहबीच धार्मिक मानसखण्ड सर्किट, आध्यात्मिक टुरिजम, ओएलनेस टुरिजमको विषयमा छलफल भएको थियो । १६ गते एक साताको लागि भ्रमणमा निस्किएको मुख्यमन्त्री शाहसहितको टोली २२ गते फर्किने छ।

प्रतिक्रिया