ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
प्रदेश सांसद जोशीको सचिवालयले गर्‍यो एआई वोर्कशप

सुदूरपश्चिममा एआई सेन्टर स्थापनाको माग

शनिबार २०, बैशाख २०८२ ०५:२८

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीले धनगढीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी वर्कसप सञ्चालन गरेका छन् । प्रदेश सांसद डा. जोशीको सचिवालको आयोजनामा धनगढीका विभिन्न कलेजमा अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि वर्कसप सञ्चालन गरिएको हो । 

कार्यक्रममा सांसद जोशीले एआईको प्रयोग प्रविधिमा सीमित नरही शिक्षा, स्वास्थ्य, कृषि, पर्यटक, विद्युत, सुरक्षा र प्रशासन क्षेत्रमा ठूलो सम्भावना रहेको बताए । उनले विद्यार्थीहरूलाई यसतर्फ आकर्षित हुन आह्वान पनि गरे । 

सरकारले बजेट कार्यकर्ता रिझ्याउने र कार्यकर्तामुखी बनाउने गरेकाले अबको बजेटमा एआईलाई समेटर लैजान सके सामाजिक र आर्थिक विकाससहित दिगो विकासका लक्ष्य हासिल गर्नसमेत टेवा पुर्‍याउने भन्दै वर्कसपको आयोजना गरिएको सांसद जोशीले बताए ।

कार्यक्रमको समापनमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्का, प्रदेश सांसद, प्रदेश सचिवको सहभागी रहेको थियो । 

कार्यक्रममा सहभागी विद्यार्थी र प्रशिक्षकले सामाजिक विकासमन्त्रीलाई प्रदेशमा एआई सेन्टर स्थापना गर्न ध्यानाकर्षण समेत गराएका थिए ।

सहभागी प्रदेशका प्रतिनिधिले आगामी नीति तथा कार्यक्रममा एआईको क्षेत्रलाई समेट्न दबाब सिर्जना गर्ने धारणा राखेका थिए ।

१८ गतेदेखि तीन दिनसम्म चलेको वर्कसपमा कैलाली बहुमुखी क्याम्पस, सुदूरपश्चिमाञ्चल क्याम्पस र नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीमा व्याचलर अफ इन्फोर्मेशन म्यानेजमेण्ट संकायमा अध्ययनरत विद्यार्थी सहभागी थिए । 

काठमाडौ विश्वविद्यालयका एआई विभागका प्रमुख डा. यज्ञराज पाण्डेय लगायत एआई इन्जिनियरले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया