ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग

शनिबार २०, बैशाख २०८२ ०८:५८

धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानुन सचिव लिलाधर सुवेदीले आफ्नो पेसबुक वालमा लेखेको स्टाटसप्रति नेपाल पत्रकार महासंघ प्रदेश समितिले गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । 

महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष भरतबहादुर शाहले शनिबार विज्ञप्ती प्रकाशित गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सुवेदीले प्रेस स्वतन्त्रता दिवशकै दिन समग्र पत्रकारिता क्षेत्र र मिडिया हाउसहरुलाई बदनामित हुने गरि आफ्नो फेसबुक वालमा लेखिएको स्टाटसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

सचिव सुवेदीले ‘पैसा लिएर समाचार लेख्ने पत्रकार र मिडिया हाउसलाई पनि प्रेस स्वतन्त्रता दिवशको शुभकामना’ भन्दै फेसबुक स्टाटस लेखेका छन । 

‘आफ्नो बारेमा प्रकाशित समाचारका विषयमा विमति भए कानूनी उपचार खोज्नुको सट्टा समग्र पत्रकारिता क्षेत्रलाई नै बदनामित हुने गरी स्टाटस राखिएको घटना भ्रत्सनायोग्य र निन्दनीय छ । कुनै पत्रकारले पैसा खाएर समाचार  लेखेको भए, त्यसको सप्रमाण महासंघको प्रदेस समितिलाई उपलब्ध गराउन पनि महासंघ सचिव सुवेदीलाई चुनौती दिन चाहन्छ,’ अध्यक्ष शाहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

महासंघले सचिव सुवेदी आफ्नो पदीय मर्यादा विर्सेर कानुनविपरीत कार्य गरिरहेको पनि महासंघको ठहर छ । ‘प्रदेश सचिव जस्तो पदमा बसेका व्यक्तिले आफ्नो पदीय मर्यादाको ख्यालै नगरी यस्ता गैरजिम्मेवार र अफवाहपूर्ण अभिब्यक्ति दिनु कानुनको बर्खिलाप हो । बेलाबेला सचिव सुवेदीले पार्टीको कार्यकर्ता जस्तै देखिनेगरि स्टाटस लेख्दै आएका छन् । उनले आफ्नो फेसबुक वालमा पोखराको भावी मेयर सम्म लेख्न भ्याएका छन् । यस्ता हर्कतहरु निजामति कर्मचारी आचारसंहिताविपरीत भएको महासंघको ठहर छ,’ विज्ञप्तीमा भनिएको छ ।  

महासंघको कैलाली शाखाले पनि सचिवलाई कारवाहीको माग गरेको छ । अध्यक्ष श्रवण देउवाले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका हुन् । 

प्रतिक्रिया