साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार १०० कायम भएको छ । गत बुधबार सोही परिमाणको पहेँलो धातु १ लाख ८८ हजार १०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला चाँदी १ हजार ९१० मा खरिदबिक्री हुनेछ । गत बुधबार एक तोला चाँदी १ हजार ९६५ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ३ हजार दुई सय ४१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारत–पाकिस्तान वैमनस्य तथा चीन–अमेरिका व्यापार द्वन्द्वका कारण सुनचाँदीको मूल्यमा केही कमी आएको जनाइएको छ ।
प्रतिक्रिया