धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह बुधबार सुदूरपश्चिम प्रदेशका पहाड उक्लिएका छन् । चुनावी प्रचारप्रसारका लागि सुदूरपश्चिम आइपुगेका बालेनले बुधबार बिहानै डडेल्धुरा पुगेका छन् ।
कैलाली, कञ्चनपुरको भ्रमण मंगलबार भ्याएका उले बुधबार सुदूरपश्चिमकै पहाडी जिल्लामा हुने कार्यक्रममा सहभागी हुँदैछन् । बालेनले डडेलधुरा, बैतडी, दार्चुला र बझाङमा हुने कार्यक्रममा सहभागिता जनाउने बताइको छ ।
यस्तो छ भ्रमण तालिका
क्षेत्रः डडेलधुरा, बैतडी, दार्चुला र बझाङ
बिहान ९ः३० बजेः तुफानडाँडा, डडेलधुरा (जिल्ला पार्टी सम्पर्क कार्यालय)
अपराह्न १२ः३० बजेः पाटन, बैतडी (पार्टी सम्पर्क कार्यालय)
दिउँसो ४ः०० बजेः गोकुले, दार्चुला (पार्टी सम्पर्क कार्यालय)
राति ८ः०० बजेः बुङ्गल, बझाङ
बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन् । उनी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्न लागेका हुन् ।
प्रतिक्रिया