ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भजहर कपः सेमिफाइनल समीकरण पूरा

मङ्गलबार २३, बैशाख २०८२ ०४:४२

धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा भइरहेको निसर्ग हस्पिटल पाँचौ भजहर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुँद्यै आएको भजहर कपको हालसम्म सम्पन्न भएका खेलहरुको निर्णयका अधारमा अन्तिम चारमा पुग्ने टीमहरुको टुंगो लागेको हो । 

समूह एबाट भजनी नगरपालिका वडा नम्बर ५ स्तरीय क्लब र गौरीगंगा स्पोर्टस क्लब सेमिफाइनल पुगेका छन् । समुह बीबाट न्यू सुभित फेन्सी एण्ड श्रृंगार पसल उदासीपुर सेमिफाइनलमा पुगेका छन् । 

प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए । 
 

प्रतिक्रिया