डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका–५ स्थित चामा चौडमा मंगलवार साँझ जिप दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका हुन् ।
से १ ज ७३८ नम्बरको जिप सदरमुकामबाट बिजयसैनी यात्रु छोडेर घरतर्फ जाने क्रममा दुर्घटना हुँदा चालक नवदुर्गा– ५ चौडका रामबहादुर साउद र जिपमा सवार नवदुर्गा–५ कणेलीका भरत बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
दुर्घटनामा घाइते भएका दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया