कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखमा सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले कमाण्ड सम्हालेका छन् ।
नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा बनेपा, काभ्रेपलाञ्चोकबाट सरुवा भएका राणाले मंगलबारदेखि कैलाली प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।
उनलाई निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकी, प्रहरी नायब उपरीक्षक राजकुमार सिंहलगायतले स्वागत गरेका थिए ।
एसपी राणाले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नका लागि रणनीति बनाएर अगाडि बढ्ने बताए ।
प्रहरी उपरीक्षक पदमबहादुर बिष्टको सरुवा भएपछि नयाँ प्रमुखका रूपमा राणा हाजिर भएका हुन् । एसपी बिष्टको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी काज सरुवा भएको थियो ।
प्रतिक्रिया