ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डीआईजी बिकले सम्हाले सुदूरपश्चिम प्रहरी प्रमुखको कमाण्ड

बुधबार २४, बैशाख २०८२ ०६:२९

धनगढी । प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बरबहादुर बिकले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको कमाण्ड सम्हालेका छन् । उनले बुधबार प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका हुन् । 

डीआईजी बिकलाई प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए । पदभार ग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा डीआईजी बिकले सुदूरपश्चिम प्रदेशको शान्ति सुव्यवस्था लगायत समग्र बस्तुस्थिति र प्रहरी जनशक्ति व्यवस्थापन सम्बन्धमा जानकारी लिएका थिए । 

प्रहरी कर्मचारीलाई अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिकमैत्री सहज र द्रुत प्रहरी सेवा, सुशासन, मानव अधिकारको संरक्षण, प्रहरीको आचरण र व्यवहारमा सुधार, भ्रष्टाचार नियन्त्रण र आर्थिक अनुशासन, लागूऔषध तथा तस्करी नियन्त्रण, जुवातास जस्ता गैरकानुनी गतिविधिविरुद्व शून्य सहनशीलताका साथ चुस्त भएर काम गर्न डीआईजी बिकले निर्देशन दिए । 

प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोमा कार्यरत रहेका बिकको सरुवा गर्दै सुदूरपश्चिमको जिम्मेवारी दिएको थियो । यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका डीआईजी गणेशबहादुर चन्द सेवा निवृत्त भएपछि उक्त पद रिक्त रहेको थियो ।

प्रतिक्रिया