ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा काफलको रुखबाट लडेर एक किशोरीको मृत्यु

बुधबार २४, बैशाख २०८२ ०६:३३

बैतडी । बैतडीमा काफलको रुखबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।  

जिल्लाको पुर्चौंडी नगरपालिका–९ बाथ्थोला तल्लादेहीकी १४ बर्षीया सीमा भण्डारीको रुखबाट लडेर मृत्यु भएको हो । 

घर नजिकैको जंगलमा काफल खान गएकी भण्डारीको बुधबार बिहान साढे १० बजेतिर काफलको रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । 

खेती मावि तल्लादेहीमा कक्षा ८ मा अध्ययनरत भण्डारीको निधनले गाउँ शोकमा डुबेको छ । 

प्रतिक्रिया