धनगढी । बाजुराको बडीमालिका क्याम्पसका एकजना सहप्राध्यापक मृत फेला परेका छन् । जिल्लाको बुढीगंगा नगरपालिका –६ सायल घर भएका ३८ वर्षीय नरेन्द्र थापा सोही वडामा रहेको साँफे–मार्तडी सडक खण्डमा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर बोहराले थापा बुधवार साँझ मृत फेला परेका हुन् । थापाको आँखा, टाउको र मुखमा चोट रहेको प्रहरी निरीक्षक बोहराले बताए ।
मृतक थापाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मार्तडी लगिएको छ । थापाका आफन्तले घटना शंकास्पद भएको भन्दै अनुसन्धानको माग गरेका छन् ।
प्रतिक्रिया