ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भजहर कपको उपाधि गौरीगंगा– ११ स्पोर्ट्स क्लबलाई

बिहिबार २५, बैशाख २०८२ ०२:५४

धनगढी । भजहर कपको उपाधि गौरीगंगा– ११ स्पोर्ट्स क्लबले जितेको छ । कैलालीको कैलारी गाउँपालिका –८ लोहरपुरमा भएको निसर्ग हस्पिटल पाँचौ भजहर कप फुटबल प्रतियोगिताको उपाधि गौरीगंगा–११ स्पोर्टस क्लबले जितेको हो । 

लोहरपुर खेल मैदानमा भएको फाइनल खेलमा आयोजक जनहित क्लब ‘बी’ लाई हराउँदै गौरीगंगा च्याम्पियन भएको हो । थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुँदै आएको भजहर कपको पाँचौ संस्करणको फाइनलमा गौरीगंगाले आयोजक बी लाई २–० ले हराएको हो । 

विजेता भएसँगै गौरीगंगाले नगद एक लाखसहित ट्रफी पाएको छ । उपविजेता बनेको आयोजक जनहित क्लब बी ले ५० हजार नगदसहित ट्रफीमा चित्त बुझाएको छ ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक समारोहकाबीच पुरस्कार वितरण गरिएको छ । सुदूरपश्चिम चिकित्सक संघका निवर्तमान अध्यक्ष तथा बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर प्रदीप मिश्र लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । 

प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिएको आयोजक क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए । 

प्रतिक्रिया