काठमाडौं । नेपाली कांग्रेसले गभर्नरको नाम सिफारिस गर्न गठित समितिका सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलको नाम गभर्नरमा प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्तारूढ कांग्रेस र एमालेका शीर्ष नेतृत्वसहित बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा पौडेलको नाम प्रस्ताव गरेका हुन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने समझदारी भएको थियो । सोही समझदारीपछि भट्टले वैशाख ५ मा कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर, राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि सभापति देउवाले विकल्पमा पौडेलको नाम प्रस्ताव गरेको बताइएको छ ।
निवर्तमान गभर्नर अधिकारी चैत २४ मा पाँचवर्षे कार्यकाल पूरा गरी सेवा निवृत्त भएका हुन् । फागुन २४ मै नयाँ गभर्नर नियुक्ति गर्नुपर्नेमा सरकारले चैत ११ मा मात्रै सिफारिस समिति गठन गरेको थियो ।
प्रतिक्रिया