ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुराको स्याउलेमा रिफ्रेस सेन्टर स्थापना

आइतबार २८, बैशाख २०८२ ०३:२३

डडेल्धुरा । डडेल्धुराको स्याउलेमा रिफ्रेस सेन्टर स्थापना  गरिएको छ । अमरगढी नगरपालिका–१ स्याउलेमा रिफ्रेस सेन्टर स्थापना गरिएको हाे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिक सवारी चालक, सहचालक तथा यात्रुहरूका लागि रिफ्रेस सेन्टर स्थापना गरिएको हो । 

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ रिफ्रेस सेन्टर स्थापना गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

मादक पदार्थ, लागुऔषध लगायतका कुलत सेवन गरी सवारी चलाउने चालक, ट्राफिक नियम उलङ्घन गर्ने यात्रुलाई सम्झाउनका लागि सो सेन्टर निर्माण गरिएको प्रहरीले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी सुगन्ध श्रेष्ठले सवारी दुर्घटना न्यूनीकरणका लागि रिफ्रेस सेन्टर राखिएको जानकारी दिए ।  

प्रतिक्रिया