ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा २१ हप्ताको गर्भपछि बाहिरियो युवती बलात्कारको घटना, दाजुभाई पक्राउ

आइतबार २८, बैशाख २०८२ ०४:४९

धनगढी । कैलालीमा युवतीमाथि बलात्कार गरेकोको अभियोगमा दाजुभाई पक्राउ परको छन् ।

चुरे गाउँपालिका–४ की २५ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय दीर्घ कँडेल र ५३ वर्षीय गंगा कँडेल पक्रा परेका हुन् । 

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार पक्राउ परेका दुबै जना सहोदर दाजुभाई हुन् ।

‘पीडित युवती शारिरीक र मानसिक रुपमा अस्वस्थ छिन्,’ डीएसपी चन्दले भने, ‘पेट बढ्दै गएको देखेपछि स्वास्थ्य परीक्षण गर्दा २१ हप्ताको गर्भ देखिएको थियो । आफन्तले जाहेरी दिएपछि आरोपित दुबै जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको छ ।’
 

प्रतिक्रिया