धनगढी । मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी बैतडीकी ३० बर्षीया हरु साउँदको मृत्यु भएको छ । शिवनाथ गाउँपालिका–४ कुङेफाँटा घर भएकी साउँदलाई कैलालीको अत्तरियमा वैशाख २३ गते मोटरसाइकलले ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी साउँदको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो ।
बच्चाहरुलाई पढाउनका लागि वैशाख २३ गते घरबाट अत्तरीया गएकी साउँदलाई सोही दिन साँझ मोटरसाइकलले ठक्कर दिएको थियो । मृतक साउँदका दुई छोरा छन् ।
साउँदलाई ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया