काठमाडौं । भारतीय स्टार ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन् । कोहलीले यसअघि नै सन्न्यास लिने इच्छा जनाए पनि सोमबार आधिकारिक रूपमा टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन् ।
२०११ मा डेब्यू गरेका ३६ वर्षीय कोहलीले भारतका लागि १२३ टेष्ट खेलेका छन् । उनले उक्त खेलमा ९२३० रन बनाएका छन् । सो क्रममा ३० शतक र ३१ अर्थशतक प्रहार गरेका छन् । विराटले लामो समय भारतको कप्तानीसमेत गरेका थिए ।
केही दिनअघि मात्रै कप्तान रोहित शर्माले टेष्ट क्रिकेटबाट सन्न्यास लिएका थिए । रोहित र विराटले टी-२०आई क्रिकेटबाट एकसाथ संन्यास लिएका थिए । दुवैले एकदिवसीय क्रिकेटमा भने खेल्नेछन् ।
प्रतिक्रिया