धनगढी । कैलालीको धनगढीमा चार्जिङमा राखेको स्कुटरमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–४ रातोपुलमा सुपप्र ०१–००१ प ४९३६ नम्बरको स्कुटमा एक्कासी आगलागी भएको हो ।
स्कुटर शुक्ला पुस्तक भण्डारका सञ्चालक दीपककुमार शुक्लाको हो । शुक्लाका अनुसार पसल अगाडि चार्जिङमा राखेको स्कुटरमा आगलागी हुँदा स्कुटर जलेर नष्ट भएको छ ।
‘एक्कासी आगलागी भएर दुई मिनेटमै स्कुटर जलेर नष्ट भएको छ,’ उनले भने । शुक्लाले उक्त इभी स्कुटर तीन वर्षअघि दुई लाख २० हजारमा खरिद गरेका थिए ।
प्रतिक्रिया