बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको चार तले प्रशासकीय भवन उद्घाटन गरिएको छ । पूर्वमन्त्री कर्णबहादुर थापाले भवन उद्घाटन गरेका हुन् ।
सो भवन निर्माण गर्नका लागि १० करोड ५५ लाख ५३४ रुपियाँ खर्च भएको नगरप्रमुख रामबहादुर बाँनियाले बताए । हलसहित २४ कोठा रहेको चार तले प्रशासकीय भवनमा सेवाग्राहीको सुविधा लागि लिफ्ट पनि जडान गरिएको छ ।
बुढीगंगा नगरपालिकाले १० वटै वडा कार्यालय पनि निर्माण गरेको छ भने सीप विकास कार्यलय र स्वास्थ्य केन्द्र पनि बनाइएको छ । वडा नम्बर १ र ८ बाहेकका वडा कार्यालयको आइतबार र सोमबार दुई दिन लगाएर उद्घाटन गरिएको छ ।
ती भवनको सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख देवराज जोशी, प्रदेशसभा सदस्य तथा प्रदेशसभाका पूर्वमन्त्री नरेशकुमार शाही, पदमबहादुर शाही, प्रतिनिधिसभाका पूर्वसदस्य लालबहादुर थापा, संविधानसभाका सदस्यद्वय पेम्वा भोटे शेर्पा, बसुन्धरा रोकाया, प्रदेश सरकार पूर्वमन्त्री प्रकाशबहादुर शाह, प्रदेशसभाका पूर्वसदस्य बलदेव रेग्मी लगायतले उद्घाटन गरेका हुन् ।
प्रतिक्रिया