डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–१ श्रीखोलीशैनमा सेती नदीमा नुहाउने क्रममा एक १० वर्षीय बालक बगेर बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार रमेश बि.क.का छोरा अमित बिक मंगलबार दिउँसो करिब १:४० बजे झोलुङ्गे पुल नजिक सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्।
घटनापछि प्रहरी नायब निरीक्षक कृष्ण सिंह ऐरीको नेतृत्वमा सातजनाको टोली खटिएको र बालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया