ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु

बुधबार ३१, बैशाख २०८२ ११:५९

धनगढी । कञ्चनपुरमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका– बंक चौकस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको

सुपप्र ०१–००१ ज १६८३ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही ठाउँका ५० वर्षीय महेन्द्र बिष्टको मृत्यु भएको हो ।

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मंगलबार बेलुका जिपको ठक्करबाट गम्भीर घाइते भएका बिष्टलाई उपचारको लागि धनगढीको निसर्ग अस्पताल पुगाइएको थियो ।

उपचारको क्रममा मंगलबार राति बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरो जिप र जिप चालक बझाङको छबिसपाथिभेरा गाउँपालिका– २ का २१ वर्षीय रवि रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया