ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनुरमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्युपछि राजमार्ग अवरुद्व

बुधबार ३१, बैशाख २०८२ ०४:३८

धनगढी । कञ्चनपुरमा पूर्वपश्चिम राजमार्ग अवरुद्व गरिएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका– बंक चौकस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सुपप्र ०१–००१ ज १६८३ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही ठाउँका ५० वर्षीय महेन्द्र बिष्टको मृत्यु भएको थियो । 

मृतकका परिवारका सदस्य र आफन्तहरूले दोषीलाई कारबाही र क्षतिपूर्तिको मागसहित राजमार्ग अवरुद्व गरेका हुन् ।

ठक्कर दिने बोलेरो जिप र जिप चालक बझाङको छबिसपाथिभेरा गाउँपालिका– २ का २१ वर्षीय रवि रोकायालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 

प्रतिक्रिया