धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु ५० करोड छ लाख ९३ हजार रुपैयाँले थपिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६२औं महालेखा परीक्षण प्रतिवेदन अनुसार उक्त बेरुजु थपिएसंगै सुदूरपश्चिमको बेरुजु दुई अर्ब ९८ करोड ४९ लाख २० हजार रुपैयाँ पुगेको छ ।
गत प्रतिवेदनसम्म सुदूरपश्चिम सरकारको बेरुजु दुई अर्ब ६८ करोड २९ लाख २९ हजार रुपैयाँ थियो । आर्थिक वर्ष २०८०÷८१ को हिसाब परीक्षण गरिएको यो प्रतिवेदनमा २२ करोड छ लाख ९४ हजार रुपैयाँ सम्परीक्षण गरिएको उल्लेख छ । सुदूरपश्चिमको पेश्की बेरुजु ३७ करोड ५९ लाख ११ हजार रुपैयाँ पुगेको छ ।
६२औं महालेखापरीक्षण प्रतिवेदनमा देशका सात प्रदेश सरकारहरुको बेरुजु पाँच अर्ब दुई करोड १९ लाख ९७ हजार रुपैयाँले थपिएको छ । प्रदेश सरकारहरुको बाँकी बेरुजु ३४ अर्ब १३ करोड ७९ लाख ५१ हजार रुपैयाँ पुगेको छ । देशका सात वटै प्रदेश सरकारहरुले दुई अर्ब ४६ करोड १९ लाख ५० हजार रुपैयाँ मात्रै सम्परीक्षण गराएको उल्लेख छ ।
गत प्रतिवेदनसम्म प्रदेश सरकारहरुको बेरुजु ३१ अर्ब ५० करोड ९५ लाख २० हजार रुपैयाँ थियो । हालसम्म बाँकी बेरुजुमध्ये नौ अर्ब ९५ करोड ४१ लाख २९ हजार रुपैयाँ पेश्की बेरुजु छ ।
प्रतिक्रिया