धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्न प्रदेश मन्त्रिपरिषद्ले प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ११ गते ११ बजे प्रदेशसभाको बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
मन्त्रिपरिषद्ले सिफारिस गरेपछि प्रदेश प्रमुखले अधिवेशन बोलाउने कानुनी व्यवस्था छ । सुदूरपश्चिम प्रदेशसभा ठप्प भएको एक महिनाभन्दा बढी भएको छ ।
प्रदेश सरकारले अनावश्यक रुपमा नियुक्ति गरेको, फजुल खर्च बढाएको र आर्थिक लेनदिनको आरोपमा छानबिन नगरेको भन्दै विपक्षी दलहरुले निरन्तर प्रदेशसभा बैठक अवरुद्व गरेपछि मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख मियाँले २५ चैतमा प्रदेशसभाको पाँचौ अधिवेशन अन्त्य गरेका थिए ।
प्रतिक्रिया