धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखण्ड सुदूरपश्चिमको नाराले डोटीमा भएको केन्द्रलाई कैलालीमा पुर्याएको बताएका छन् । मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा डोटीको दीपायलमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘सुदूरपश्चिम अखण्ड हुनुपर्छ भन्ने बहस चल्यो,’ उनले भने, ‘अखण्ड सुदूरपश्चिमको नाराले डोटीमा भएको केन्द्रलाई कैलालीमा पुर्याएको हो । अखण्ड भन्ने त राम्रो शब्द भयो, अखण्ड सुदूरपश्चिम भन्ने कुरा मिठो लाग्ने पनि भयो । तर, त्यो अखण्डले डोटीको औचित्य र अधिकारलाई कुण्ठित ग¥यो भन्ने बुझ्न जरुरी छ ।’
उनले पछिल्लो कालखण्डमा पनि डोटी जिल्लाले आफ्नो अस्तित्व सिद्ध गर्दै आएको बताए । ‘अहिले भने डोटीको ऐतिहासिक गौरव कमजोर पर्न लागेको हो की भन्ने आशंका बढेको छ,’ उनले भने ।
प्रतिक्रिया