ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदै, बिजेतालाई एक लाख

शनिबार ०३, जेठ २०८२ ०४:१८

धनगढी । कैलालीको धनगढीमा ‘प्रथम नेकोस सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिता’ हुने भएको छ । नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा जेठ २९ गतेदेखि प्रदेशस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । 

आयोजकले शनिबार पत्रकार सम्मेलन गर्दै तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता धनगढी रंगशालाको हलमा सञ्चालन हुने जनाएको छ । नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष प्रकाश चन्दले प्रतियोगिताका विजेता टिमलाई एक लाख एक हजार १११, द्वितिय हुने टिमलाई ५१ हजार र तृतिय हुने टिमलाई ३१ हजार नगदसहित ट्रफी प्रदान गरिने जानकारी दिए । ‘प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र लिवरोलाई पाँच हजार नगद पुरस्कार प्रदान गरिने छ,’ चन्दले भने । 

अध्यक्ष चन्दका अनुसार प्रतियोगितामा जिल्लागत रुपमा टिम सहभागी गराइने र खेलाडी सम्बन्धित जिल्लाको हुनुपर्ने नियम बनाइएको छ । विभागीय टोलीलाई भने प्रतियोगितामा सहभागी नगराइने चन्दले जानकारी दिए ।

प्रतियोगिताको आयोजनाले सुदूरपश्चिमलाई भलिबलको माध्यमबाट राष्ट्रव्यापी रुपमा चिनाउन र सुदूरपश्चिमलाई भलिबल खेलको हवको रुपमा विकास गर्ने अभियानमा टेवा पुगाउने सहयोग पुग्ने चन्दको विश्वास छ । 

प्रतियोगितामा १०८ जना खेलाडी तथा प्रशिक्षक र १२ जना मान्यता प्राप्त रेफ्रीहरुको सहभागिता रहनेछ आयोजकले जनाएको छ । 
 

प्रतिक्रिया