ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमको उद्योगमन्त्रीमा रामेश्वर चौधरी नियुक्त, आजै शपथ

आइतबार ०४, जेठ २०८२ ०३:३८

धनगढी । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा प्रदेशसभा सदस्य रामेश्वर चौधरी नियुक्त भएका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेशसभा सदस्य चौधरीलाई मन्त्रीमा नियुक्त गरिएको हो । उनको आजै साँझ ५ बजे शपथ कार्यक्रम तय भएको छ ।

नाउपा संसदीय दलले अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशनविपरीत ३१ वैशाखमा चौधरीको नाम मन्त्रीका लागि सिफारिस गरेको थियो । अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन संसदीय दललाई सिफारिससहित निर्देशनात्मक पत्र पठाएकी थिइन् ।

तर संसदीय दलको रामेश्वरलाई मन्त्री बनाउन सिफारिस गरेको थियो । १६ चैतदेखि उक्त मन्त्रालय मन्त्रीविहीन छ । आर्थिक लेनदेनको कान्डमा मुछिएपछि १६ चैतमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका थिए । 

प्रतिक्रिया