धनगढी । विद्यालयमा विद्यार्थी र शिक्षक अनिवार्य हुन्छन् नै । तर, कैलालीको धनगढीमा एउटा यस्तो सामुदायिक विद्यालय छ, जहाँ शिक्षक र विद्यार्थीको संख्या लगभग बराबर छ ।
धनगढी उपमहानगरपालिका–१४ को खुटिया टोलमा रहेको बाल आधारभूत विद्यालयमा चार जना मात्रै विद्यार्थी छन् । शिक्षकको संख्या तीन छ । उक्त विद्यालयमा बालविकासदेखि तीन कक्षासम्म पठनपाठन हुन्छ । उक्त विद्यालयमा कक्षा १ मा दुई जना र कक्षा ३ मा पनि दुई जना मात्र विद्यार्थी भर्ना भएका छन् ।
विद्यालयमा प्रधानाध्यापक रासबहादुर बुढाका अनुसार शैक्षिक सत्र २०८२ का लागि चार जना मात्र विद्यार्थी भर्ना भएका हुन् । एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण गाउँमा अब विद्यालय खुल्दैनन् भन्ने हल्ला चलेको थियो । सोही कारण विद्यार्थी संख्या घटेको प्रधानाध्यापक बुढाले बताए ।
उक्त विद्यालयमा गत शैक्षिक सत्रमा १९ जना विद्यार्थी भर्ना भएका थिए ।
प्रतिक्रिया