ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त

मङ्गलबार ०६, जेठ २०८२ ०७:१७

धनगढी । नेपाल सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेललाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पौडेललाई गभर्नर नियुक्त गरेको जनाए ।

सरकारको यो निर्णयसँगै पौडेल १८औं गभर्नर बनेका छन् । उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस समितिको मंगलबार बसेको बैठकले विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । सिफारिसअनुसार मन्त्रिपरिषद्ले पौडेललाई गभर्नर नियुक्त गरेको छ ।

प्रतिक्रिया