धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईको कडा आलोचना गरेका छन् ।
बुधबार रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले ‘सबैभन्दा बुद्धि नभएका डाक्टर’ भनी बाबुरामको कडा आलोचना गरेका हुन् ।
बाबुराम भट्टराईसँग पार्टी एकता सम्भव छ ? भन्ने पत्रकारको प्रश्नमा आक्रोशित हुँदै प्रचण्डले भने, ‘सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले । त्यस्तासँग के गरी एकता गर्ने ?’
प्रतिक्रिया