धनगढी । कैलालीको धनगढीमा झण्डै १८ ग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ चौराह र धनगढी– १२ जुगेडाबाट १७ ग्राम ८५० मिलिग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका हुन् ।
लागुऔषध नियन्त्रण शाखा कार्यालय धनगढी र वडा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले धनगढी चौराहाबाट १६ ग्राम २३० मिलिग्राम र जुगेडा बी गाउँबाट एक ग्राम ६२० मिलिग्राम लागुऔषध बरामद गरेको हो ।
भारतको पलिया बस्ने २४ वर्षीय अबनिश कुमार चौराहबाट लागुऔषधसहित पक्राउ परेका हुन् । धनगढी उपमहानगरपालिका–११ का ६६ वर्षीय मोती राना र सोही ठाउँका ३१ वर्षीय चैना राना जुगेडाबाट पक्राउ परेका हुन् ।
प्रतिक्रिया