ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

रविलाई राहदानीमा पनि जोखिम, रिट निवेदन पेशीमा चढ्यो

सोमबार १७, मङि्सर २०८१ १२:३०

काठमाडौं । राहदानी दुरुपयोगको अनुसन्धानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मुद्दा नचलाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदन सोमबार पेशीमा चढेको छ ।

महान्यायाधिवक्ताको कार्यालय र लामिछाने विरुद्धको निवेदन न्यायाधीशहरु हरि फुयाल र नृपध्वज निरौलाको इजलासमा पेशीमा परेको हो । 

अमेरिकी राहदानी प्रयोग गरिरहेको अवस्थामा लामिछानेले नेपालबाट राहदानी बनाएको र त्यसको प्रयोग गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

प्रहरीले मुद्दा नचल्ने भनी तयार पारेको राय सरकारी वकिल कार्यालयले अनुमोदन गरेको थियो । तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले मुद्दा नचल्ने निर्णय गरेका थिए ।

त्यही निर्णयका विरुद्ध २० चैत, २०७९ मा दायर भएको रिट निवेदन पटकपटक सर्दै आएको छ ।

प्रतिक्रिया