ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा सवारी दुर्घटनामा एकजनाको मृत्यु, नदीमा डुबेर बालिकाको ज्यान गयो

बिहिबार १५, जेठ २०८२ ११:१६

कञ्चनपुर । कञ्चनपुरमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ कृष्णपुर नगरपालिका–२ बाणीमा से २ त २५३ नम्बरको ट्र्याक्टर र से ३ प ४९७५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक बाणी शिविरमा बस्ने २३ वर्षीय आशिक रानाको मृत्यु भएको हो ।

उनको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बुधबार राती मृत्यु भएको हो ।

यस्तै, बेदकोट नगरपालिका–१० हरपालमा चौधर नदीमा नुहाउने क्रममा डुबेर ५ वर्षीया प्रिन्जिला सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बुधबार दिउँसो नदीमा नुहाउने क्रममा बगेर बेहोस भेटिएकी उनको महाकाली अस्पतालमा उपचारका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहोराले बताए ।

प्रतिक्रिया