काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादी विजयी भएको छ ।
निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा विजयी भएकी छिन् । नरपुराले ३ हजार ६ सय २७ मत ल्याएकी छिन् ।
कांग्रेसकी उम्मेदवार केशकुमारी तुलाचनले २ हजार १ सय २८ मत प्राप्त गरेकी छन् । कांग्रेस उम्मेदवार तुलाचन एमालेको महिला संगठनकी केन्द्रीय सदस्य हुन् । एमाले र कांग्रेसबीच गठबन्धन भएपछि एमालेकी नेता तुलाचन कांग्रेसको चुनाव चिह्न लिएर उम्मेदवार बनेकी हुन् ।
प्रतिक्रिया