ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीको डुडेझारीमा प्रदेशस्तरको औद्योगिक क्षेत्र निर्माण हुने

शुक्रबार १६, जेठ २०८२ ०६:२८

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको डुडेझाडीमा प्रदेशस्तरको औद्योगिक क्षेत्र निर्माण गर्ने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख नजिर मियाँले उक्त जानकारी दिएका हुन् । 

डुडेझारीलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने योजना संघीय सरकारले विगत लामो समयदेखि नीति तथा कार्यक्रममा समेट्दै आएको थियो । तर, काम भने हुन सकेको थिएन । 

संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र, सुक्खा बन्दरगाह, निर्यात प्रवर्द्धन क्षेत्र, औद्योगिक ग्रामजस्ता औद्योगिक पूर्वाधार स्थापना र निर्माणको पहल गरिने सुदूरपश्चिमको नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै ‘एक जिल्ला एक उद्योग’ स्थापनाका लागि पहल गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
 

प्रतिक्रिया