ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा खेलाडीलाई बिदाइ

आइतबार १८, जेठ २०८२ ०१:०३

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यस प्रदेशको १६ वर्षमुनिका क्रिकेट खेलाडीको टोलीलाई आइतबार बिदाइ गरेका छन् । 

एसिसि पुरुष यु–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि सुर्खेतमा हुने यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने प्रदेशको टोलीलाई उनले बिदाइ गरेका हुन् । 

उक्त प्रतियोगिता सोमबारदेखि सुर्खेतमा आयोजना हुँदैछ । सचिन भट्टको कप्तानीमा रहेको १६ सदस्यीय टोली आज सुर्खेत प्रस्थान गर्दैछ । टोलीको प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द छन् । 
 

प्रतिक्रिया