ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्व भ्रष्टाचार मुद्दा

सोमबार १९, जेठ २०८२ ०३:३८

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रदेश सांसद दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा आज दायर गरेको हो । 

एक करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ कुल आयभन्दा कुल व्यय अधिक देखिएकोले सोही सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको अख्तियारले जनाएको छ ।सोडारीउपर एक करोड ८ लाख ३८ हजार ३०२ बिगो कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको अख्तियारले जनाएको छ । अख्तियारले आरोपपत्रमा सोडारीका छोरा र श्रीमतीलाई सम्पती जफतका लागि मात्रै प्रतिवादी बनाउन उल्लेख गरेको छ । 

साेडारी कैलाली क्षेत्र नम्बर ४ को प्रदेशसभा १ बाट एकीकृत समाजवादीबाट निर्वाचित सांसद हुन् । २०७४ को निर्वाचनमा पनि सोडारी यही क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित भएका थिए । त्याे समय उनी सामाजिक विकासमन्त्री र भाैतिक पूर्वाधार विकासमन्त्री भएका थिए । 

उनी गत वर्ष बैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले केन्द्रमा काँग्रेस–एमालेको गठबन्धन बनेसँगै अल्पमतमा परेपछि साउन १८ गते पदबाट राजीनामा दिएका थिए । 

अख्तियारले मुद्दा दायर गरेसँगै सोडारीको सांसद पद निलम्बन हुने छ । 

प्रतिक्रिया