ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अछाममा विषालु च्याउ खाँदा तीन जना बिरामी

सोमबार १९, जेठ २०८२ ०५:३७

अछाम । अछाममा विषालु च्याउ खाँदा तीन जना बालबालिका बिरामी भएका छन् ।

रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारका तारा भण्डारीका २ वर्षीय छोरा युवराज भण्डारी, ४ वर्षीया छोरी रितिका भण्डारी र सोही ठाउँ बस्ने चेतमान भण्डारीका ४ वर्षीय छोरा जीवन भण्डारी विषालु च्याउ खाँदा बिरामी भएका छन् ।

तीनै जना बालबालिकाको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचार भइरहेको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय अछामले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया