धनगढी । कैलालीको धनगढी हुँदै भारतीय बजार सुडा पुगाइएको ४० हजार थान यौन खेलौना (सेक्स टोय) बरामद गरिएको छ । चिनबाट धनगढी पुगाइएको ४० हजार यौन खेलौना भारतीय सीमावर्ती बजार सुडाबाट बरामद गरिएको हो।
भारतीय प्रहरी र भन्सार विभागको संयुक्त अपरेशनमा चाइनीज सेक्स टोय बरामद गरिएको जनाइएको छ । बरामद गरिएको सामग्रीको एक थानको मूल्य नेपाली बजारमा झन्डै पाँच हजार ५०० रुपैयाँ र भारतीय बजारमा करिब तीन हजार पर्छ ।
सो समान युपी ३१ बिटी ५१६३ नम्बरको गाडीमा तस्करी हुँदै गरेको अवस्थामा बरामद गरिएको हो । चालक भने फरार रहेको बतायएको छ ।
ती यौन खेलौना कैलालीको भजनीबाट सुख्खड हुँदै हसुलियाबाट जुगेडा हुँदै पारी पुगेको बताइएको छ । नेपाली तस्करले पारीपट्टीका एक सरदार तस्करलाई सो सामान पठाएको बताइएको छ । तर, सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीको भूमिका पनि शंकास्पद रहेको बताइन्छ ।
प्रतिक्रिया