धनगढी । सुदूरपश्चिम प्रदेश सभाको शुक्रबार बसेको प्रदेश सभाको बैठकमा प्रदेशको नीति तथा कार्यक्रममाथि छलफल गर्दै केही सासंद्हरुले यसवर्ष धेरै वर्षा हुन्छ भन्दै विपद् व्यवस्थापनको तयारी गर्न प्रदेश सरकारलाई आग्रह गरे ।
प्रदेश सभा सदस्य मधुदेवी भारतीले मौषम विभागले यसवर्ष औषत भन्दा बढि पानी पर्ने जनाएको भन्दै उनले बाढी, पहिरो लगायतका जोखीमबाट जोगाउन तयारी गर्न आग्रह गरिन् । उनले बाढी, पहिलोबाट सुदूरपश्चिममा ठूलो जनधनको क्षति हुन सक्ने बताउँदै क्षति न्युनिकरणको पूर्वतयारी गर्न समेत आवश्यक रहेको सुझाइन् ।
उनले भने जस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुदुरपश्चिम प्रदेशका ५२ हजार ११२ घरधुरीका २ लाख २७ हजार ७३० जनसंख्या प्रभावित हुने पुर्वानुमान गरिएको छ । प्राधिकरणले सुदूरपश्चिमको दक्षिणी भुभागमा सरदर भन्दा बढी बर्षाको (४५ देखि ५५ प्रतिशत) हुने आँकलन गरेको छ । प्रदेशको उत्तरी भुभागमा ३५ देखि ४५ प्रतिशत वर्षा हुने अनुमान गरेको छ ।
सामान्यतयाः देशभर बार्षिक रुपमा हुने कुल बर्षामध्ये ८० प्रतिशत मनसुनको चार महिना जेठ १८ देखि असोज १४ को अवधिमा र २० प्रतिशत बर्षा बाँकी आठ महिनामा हुन्छ । जसले गर्दा बाढी, पहिरो र डुवानको जोखीम निम्त्याउने गरेको छ ।
प्रतिक्रिया