धनगढी । कैलालीमा बसको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका–८ मसुरियास्थित सडकमा सु.प.प्र.०१–००१ ख ३५२० नम्बरको बसको ठक्करबाट पैदलयात्री १३ वर्षीया अमृता विकको मृत्यु भएको हो ।
गौरीगंगा नगरपालिका–९ रजिया बस्ने विक मंगलबार बिहान बसको ठक्करबाट गम्भीर घाइते भएकी थिइन् । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया