धनगढी । सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पस महेन्द्रनगरको आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पस तथा भारतीय संस्था एक्सपोरा रिसर्च एसोसिएसन झारखण्डको सहकार्यमा असार १३ र १४ गते दुई दिने सम्मेलन हुन लागेको हो ।
‘गुणस्तरीय शिक्षा र दिगो विकासमा उदयमान अनुसन्धान प्रवृत्ति र नवपवर्तनहरूको बहुविधागत अनुसन्धान’ शीर्षकमा सम्मेलन केन्द्रित हुनेछ ।
सम्मेलनमा नेपाल, भारत, अमेरिका, बेलायत र डेनमार्क लगायतका देशहरूबाट २५० जना शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ता सहभागी हुनेछन् ।
प्रतिक्रिया