धनगढी । कञ्चनपुरमा जिपको ठक्करबाट एक व्यवसायीकाे मृत्यु भएको छ । जिल्लाको वेदकोट नगरपालिका–३ काे दैजीमा मंगलबार सुपप्र ०४-००१ च ००१३ नम्बरको बोलेरो जिपको ठक्करबाट भीमदत्त नगरपालिका-१५ का ४० वर्षीय दीपक चन्दकाे मृत्यु भएको हाे ।
चन्द दैजीमा डिआरएस ट्रेडर्स सञ्चालन गर्दै आएका थिए । चन्दले चलाएको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो । उपचारका क्रममा राति सवा १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया