ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बिहिबार २१, मङि्सर २०८१ ०७:४४

धनगढी । कैलालीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–१० चुहास्थित भित्रि सडकमा मप ०३–००१ क २९४१ नम्बरको सनराइज स्कुलको बसले से ३ प ४७९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक जोशिपुर गाउँपालिका–७ बस्ने ३० वर्षीय एकतन चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि टिकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय कैलालीक डीएसपी कबिन्द्र बोहराले जानकारी दिए ।

मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–६ पिपरकोटी बस्ने २४ वर्षीय विक्रम चौधरीको बर्दगोरिया अस्पतालम उपचार भइरहेको डीएसपी बोहराले बताए । बस र बस चालक घोडाघोडी नगरपालिका–२ बस्ने ४० वर्षीय भागिराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया